काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित वाल्नट बिस्ट्रोमा शुक्रबारदेखि तीनदिने ‘नेपाल म्यांगो फेस्ट २०२५’ सुरु भएको छ ।
नेपाली आँपको विविधता, स्वाद र मूल्य शृंखला प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् । फेस्टिभलमा आँप खाने प्रतियोगिता आकर्षणको विषय बनेको छ ।
कार्यक्रममा जापानबाट आयात गरिएको अत्यन्तै महँगो ‘मियाजाकी’ जातको आँप पनि प्रदर्शन गरिएको छ, जसको मूल्य प्रतिकिलो ३ देखि ४ लाख रुपैयाँसम्म पर्ने बताइएको छ ।–तस्विरहरू नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया