लगनखेलमा ‘यामाहा ब्लू फेस्ट’ सुरु

काठमाडौँ । नेपालकै सबैभन्दा ठुलो २ पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट’ बिहीबार लगनखेलमा औपचारिक रूपमा सुरु भएको छ । वडाका अध्यक्ष नारायणलाल अवाले र एमएडब्ल्यु राइड्सका कार्यकारी निर्देशक तथा सिइओ दीपककुमार अग्रवालले कार्यक्रमको औपचारिक उद्घाटन गरे । १२ देखि १७ असारसम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरूसहित सहजै एक्सचेन्ज गर्न पाइनेछ ।

फेस्टमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्सचेन्ज गर्न मिल्ने यामाहा नेपालले जनाएको छ । फेस्टमा यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार रुपैयाँको मूल्यांकन, अन्य ब्रान्डमा न्यूनतम २५ हजारको मूल्यांकन (कर चुक्ता अनिवार्य), एक्सचेन्जमा अतिरिक्त १० हजार बोनस, ६ हजारसम्मको नगद छुट, फ्री एक्सेसरिज, निःशुल्क आर्थिक वर्ष २०८२/०८३ को सडक कर भुक्तान र ग्यारेन्टरबिना सहज फाइनान्सिङ सुविधा रहेको छ ।

प्रतिक्रिया