मलको हाहाकार छ, भइरहन्छ : कृषिमन्त्री

काठमाडौँ । संघीय कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन् । नेपाल डेरी एसोसिएसनले आयोजना गरेको दही चिउरा प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मलको हाहाकार रहेको र भइरहने पनि बताए ।

उनले गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टन मात्र मल आएको बताए । बजारमा माग ११ लाखदेखि १३ लाख टनको रहेको र अहिले भएको एकचौथाइ मलले किसानलाई समयमै मल पु¥याउन सक्ने स्थिति नरहेको उनले बताएका छन् । उधारो दुध वर्षौंदेखि खाइरहेको र भुक्तानी दिन नसकेको भन्दै उनले दुःखेसो गरे । मन्त्री अधिकारीले चिस्यान केन्द्र, बिमालगायतका धेरै समस्याहरू रहेको बताए ।

प्रतिक्रिया