काठमाडौं । प्रहरीले बहिनीको जन्मदिन मनाउने बहानामा घरमा लगेर साथीको हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । शुक्रबार रातको समयमा बूढानीलकण्ठ– ५ स्थित टुसालमा हत्या गरिएका ३२ वर्षीय कृष्ण लामाको हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर घर भई जिल्ला काठमाडौं बुढानिलकण्ठ नगरपालिका– ५ टुसाल बस्ने विकास लामा, बारा निजगढ नगरपालिका– ७ घर भएका वर्ष २९ का सुगन्द लामा, निजगढ– ५ घर भएका वर्ष १८ का सौगात क्षेत्री र मकवानपुरको बकैया गाँउपालिका– २ घर भएका वर्ष २३ का निसान जिम्भा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टुसाल घर भएका विकास लामाले घरमा बहिनीको जन्मदिन भन्दै मृतक कृष्ण लामालाई त्यहाँ लगेका थिए । त्यहाँ पुग्नासाथ कुटपिट गरी हत्या गरेका थिए । हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया