काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीबाट उद्घाटन गरेका छन् ।
दुई वर्षभित्र निर्माण काम सम्पन्न गर्नु पर्ने ओभरपास पटक पटक म्याद थप साथै डिजाइन नै परिवर्तन गरी अहिले उद्घाटन भएको छ ।
शुक्रबार दिनको ४ बजे आयोजना गरिएको सो कार्यक्रम सडकमा सवारी चाप बढ्ने समयमा गरिएपछि ग्वार्को चोकमा सधैँ झैँ जाम परेको छ । यस जामले गर्दा सर्वसाधारण जनतालाई आवतजावतमा सास्ती भएको यात्रुहरुले गुनासो गरेका छन् ।
ओभरपासकै बीच भागमा औपचारिक कार्यक्रम आयोजना गरेकाले पनि दावा बायाँ सडकमा सवारी जाम देखिएको छ ।– तस्विर नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया