काठमाडौँ । मनसुनको सुरुआतसँगै बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्ले पार्न सक्ने मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित सिप्रदी ग्रुप अन्तर्गतको सिप्रदीयन सहायता संस्थाले काठमाडौँ उपत्यका प्रहरी कार्यालयलाई २०० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको छ । सिप्रदी समूहको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यो सहयोग विपद् व्यवस्थापनमा अग्रपंक्तिमा रहने सुरक्षाकर्मीहरूलाई थप तयारीमा सहयोग पु¥याउने विश्वास लिइएको छ ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल प्रहरीका डिआइजी ओमबहादुर राना, सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरी, उपाध्यक्ष सौरभ राज थपलियालगायत सिप्रदी र नेपाल प्रहरीका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया