काठमाडौँ । चलचित्र ‘बाटुलो जून’मा चर्चित टिकटकर तथा मोडल प्रिन्सी खतिवडाले चलचित्रमा अनुबन्ध भएकी छन्न् । अनमोल केसीको मुख्य भूमिकामा बन्ने चलचित्रमा उनले डेब्यु गर्ने पक्का भएको हो । यस चलचित्रमा उनी अनमोलको जोडीका रूपमा देखिनेछिन् । अडिसनबाट प्रिन्सीलाई निर्माणपक्षले अनमोलको जोडीका रूपमा छनोट गरेको हो । केही दिनअघि अनुबन्धित प्रिन्सी यतिखेर वर्कसपमा व्यस्त छिन् ।
२ चरणमा छायांकन हुने चलचित्रको पहिलो चरणको सुटिङ अर्काे सातादेखि चित्लाङबाट सुरु हुनेछ । दोस्रो चरणको छायांकन मनसुनपछि सुरु हुनेछ । जिया केसीको लगानीमा बन्ने चलचित्रलाई भुवन केसीले निर्देशन गर्नेछन् । यस चलचित्रमा पहिलोपटक अनमोल गाउँले भूमिकामा देखिँदै छन् । २० लाख बजेट भनिएको यो चलचित्र अनमोलको करिअरकै सस्तो चलचित्र भएको समेत बताइएको छ । प्रिन्सी र उनकी बहिनी प्रिज्मा खतिवडा टिकटक भिडियोमार्फत चर्चामा आएका हुन् ।
प्रतिक्रिया