‘धोका दियौ तिमीले’को नयाँ भर्सन

काठमाडौँ । लोकप्रिय गीत ‘धोका दियौ तिमीले’ नयाँ भर्सन सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपाल सिजन–६ का फस्ट रनरअप रोशन राईको स्वरमा यो गीत सार्वजनिक भएको छ । लुङ्टो क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गीत ‘धोका दियौ तिमीले’ गीतलाई प्राज्ञ, वरिष्ठ संगीतकार शान्तिराम राईले संगीत गरेका हुन् । यो गीतमा वरिष्ठ गीतकार बुद्धवीर लामाको शब्द रहेको छ ।

३५ वर्ष पुरानो मेल भर्सनमा सरोजकुमार श्रेष्ठको स्वर रहेको थियो भने फिमेल भर्सनमा वरिष्ठ गायिका सुक्मित गुरुङको स्वर रहेको थियो ।
यस गीतलाई देवेश राईले एरेन्ज गरेका हुन्, भने किश्वर थापाले मिक्सिङ मास्टरिङ गरेका छन् । अमर श्रष्ठा स्व. विक्रम राईप्रति समर्पित गीतको एडिसनल संगीत विक्रमले नै गरेका हुन् । जहाँ चर्चित गायिका मेलिना राईको स्वर रहेको छ ।

प्रतिक्रिया