काठमाडौं । अभियान ग्रुपले प्रवर्द्धन गरेको दोलखाका दुई हाइड्रो पावरमा लगानी जुटेको छ । १० मेगावाटको माथिल्लो सागुखोला साना हाइड्रोपावर र ३ मेगावाटको पेगु खोला साना हाइड्रो पावरको लागि ऋण लगानी सम्झौता भएको हो ।
यी दुवै आयोजनामा नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) ले लगानी गर्ने भएको हो । मंगलबार आयोजना प्रवर्द्धक समूह अभियान ग्रूपका अध्यक्ष बाबुराम थापा र ऋण लगानीकर्ता बैंक निफ्राका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्झौमा हस्ताक्षर गरेका छन् ।
अभियान ग्रुपले प्रवर्द्धन गरेको विगु हाइड्रो भेन्चर प्रा.लि.ले १० मेगावाटको सागु र आलम्पु जलविद्युत विकास कम्पनी प्रालिले ३ मेगावाटको पेगुखोला आयोजना निर्माण गर्दैछन् । यी दुवै आयोजनाका लागि निफ्राले १ अर्ब ८५ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ ।
प्रतिक्रिया