काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ आज पनि प्रतिनिधिसभा बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध कायमै राखेका छन् ।
तर उनीहरुको विरोधकै बीचमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा रास्वपा र राप्रपाका सांसदको विरोध कायमै हुँदा सभामुख देवराज घिमिरेले लेखकलाई बोल्ने समय दिएपछि उनले आफूविरुद्ध षडयन्त्र गरेर राजनीतिक जीवन सिध्याउन खोजिएको बताएका हुन् ।
‘विगत केही दिनदेखि पत्रपत्रिका, सामाजिक सञ्जाल र केही माननीयले उठाउनुभएको कुरामा सार्वभौम ठाउँमा जवाफ दिन उपयुक्त ठानेर समय मागेको थिएँ। समयको लागि आभार व्यक्त गर्छु,’ उनले भने, ‘धेरै कुरा मैले विभिन्न माध्यमबाट पनि जवाफ दिइसकेको छु, मेरो राजनीतिक र सार्वजनिक कुरा सबैलाई थाहा नै भएकोले सार्वजनिक पद धारण गरेकोले उठेका समसामयिक विषयमा जवाफ दिन उपयुक्त भएकोले यहाँ प्रस्तुत भएको छु ।’
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गतको अध्यागमन कार्यालयका कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले बयान लिएको कुरा पनि आफूले सञ्चारमाध्यमबाटै थाहा भएको दाबी गरे ।
‘र्यालय प्रमुख तीर्थाज भट्टराईलाई अख्तियारले बोलाएको कुरा सञ्चारमाध्यमबाटै थाहा पाएको हुँ,’ उनले भने, ‘यसमा मेरो संलग्नता भएको भनिएको कुरामा सत्यता छैन, मेरो संलग्नता हुन सक्दैन भन्न चाहन्छु, राजनीतिक रुपमा षडयन्त्रपूर्वक खेद प्रकट गर्न चाहन्छु ।’
प्रतिक्रिया