काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले अब गत वर्षको एसइईको उतीर्णदर घटेको भन्दै अब आफूहरुले त्यसको दर बढाउने गरी केही महत्वपूर्ण काम गरेको भन्दै अब दर बढ्ने बताएका छन् ।
सरकार शिक्षाको स्वास्थ्यको क्षेत्रमा सचेत रहेको भन्दै प्रधानमन्त्री ओलीले काठमाडौं विश्वविद्यालय (केयू) ले आफ्नो ३०औँ दीक्षान्त समारोहलाई आज शुक्रबार सम्बोधन गर्दै शुलभ पहुँच पुग्ने गरी गुणस्तरीय शिक्षा दिन सरकारले असाधारण मेहनत गरेको बताए ।
उनले दीक्षान्त समारोहमा सम्बोधन गर्दै दीक्षित विद्यार्थीहरुले समाज परिवार र मानव जगतको हितको लागि आफ्नो सीप र ज्ञानको प्रयोग गर्न अपिल गरे । काभ्रेको धुलिखेलमा सम्पन्न समारोहमा १ हजार १२९ जना विद्यार्थीहरू दीक्षित भएका थिए ।
दीक्षित विद्यार्थी र संख्यात्मक अवस्था
दीक्षान्त समारोहमा स्कुल अफ आर्ट्सबाट १६३, एजुकेसनबाट १०२, इन्जिनियरिङबाट ६८, मेनेजमेन्टबाट ११०, मेडिकल साइन्सेजबाट ६६१, र साइन्स स्कुलबाट २५ जना गरी कुल १,१२९ विद्यार्थी दीक्षित भएका छन् । सो विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै उत्तीर्ण भएका विद्यार्थीहरुलाई दीक्षित गरेका हुन् ।
उत्तीर्ण तिनीहरूमध्ये पीएचडी तह १४ जना, डीएम ८ जना, एमसीएच १० जना, एमफिल ६९ जना, स्नातकोत्तर ५१३ जना, स्नातक ५११ जना, पीजीडी ४ जना लैंगिक प्रतिनिधित्वमा ५५० भन्दा बढी महिला सहभागी, र भुटान, भारत, श्रीलंका र माल्दिभ्स गरी ११८ जना विदेशी विद्यार्थी पनि सहभागी थिए । विदेशी विद्यार्थीको समावेशिता करिब १०.४५ प्रतिशत रहेको थियो ।
४७ हजार ८ सयभन्दा बढी दीक्षित अन्तर्राष्ट्रिय बनाउँदै नेपाली शिक्षा
३०औं दीक्षान्त समारोहसम्म आइपुग्दा काठमाडौं विश्वविद्यालयले ४७,८३१ जना विद्यार्थीहरू दीक्षित गरिसकेको छ। तीमध्ये ५,६६० जना ९११।८३५० विदेशी विद्यार्थी छन्। यसबाट के पुष्टि हुन्छ भने केयूले नेपाललाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने दिशामा उल्लेखनीय योगदान दिएको बताइन्छ।
विश्वस्तरीय सहकार्य र २८५ अन्तर्राष्ट्रिय संस्थासँगको सम्बन्ध
काठमाडौं विश्वविद्यालयले भारत, अमेरिका, जापान, कोरिया, जर्मनी, बेलायत, अष्ट्रिया, चीन, नर्वे, स्वीट्जरल्याण्ड लगायतका १० देशका विश्वविद्यालयहरूसँग गहिरो शैक्षिक सहकार्य गर्दै आएको छ । भारत ५१, दक्षिण कोरिया ३०, जापान २५, अमेरिका २५, चीन २२, नर्वे १४ जर्मनी १३, स्वीट्जरल्याण्ड १२ बेलायत ११,अष्ट्रिया ८ संयुक्त IIT हैदराबादसँग संयुक्त पीएचडी कार्यक्रम IIT मद्राससँग संयुक्त स्नातकोत्तर कार्यक्रम श्री विश्वेश्वर योग संस्थान तिरुपतिसँग योगिक विज्ञान स्नातक कार्यक्रम क्राउन उच्च शिक्षा संस्थान (अष्ट्रेलिया) सँग सूचना प्रविधिको डबल डिग्री कार्यक्रम अनुसन्धान र प्रविधि– आधारित शिक्षा केन्द्रको रूप नेपालकै एकमात्र सुपरकम्प्युटिङ सुविधा भएको हाइ परफर्मेन्स कम्प्युटिङ सेन्टर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, अनुसन्धान र नवीनतालाई जोड दिँदै सञ्चालनमा रहेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (NTIC) ‘हरित विश्वविद्यालय’ अभियान, डिजिटाइज परीक्षा प्रणाली, र केयू एपमार्फत विद्यार्थीको डिजिटल प्रोफाइल व्यवस्थापन कार्य शिक्षा पहुँचको अभियान ‘हाइयर एजुकेशन ब्रिज’ पछिल्लो समय प्लस टु परीक्षामा अङ्ग्रेजी वा गणितजस्ता विषयमा थोरै अंकले अनुत्तीर्ण विद्यार्थीले उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था थियो। यस समस्याको समाधान गर्न ‘हाइयर एजुकेशन ब्रिज इनिसियटिभ’ लागू गर्दै केयूले न्यायोचित शैक्षिक पहुँचको ग्यारेन्टी गर्न थालेको छ ।
प्रतिक्रिया