कास्की । पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना भएको छ । आज बुधबार प्याराग्लाईडिङ अवतरण गर्ने क्रममा दुर्घटनामा परेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको जनाएको छ ।
पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको दुई वटा प्याराग्लाईडिङ अवतरण गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको थियो ।
सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले उनीरुलाई दिउसो करीव ३ बजे सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
उद्धार गरिएकाहरुमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव, ३५ वर्षीय चन्दन कुमार पटेल, अग्नी प्याराग्लाईडिङका पाईलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाईडिङका पाईलट २८ वर्षीय विश्वास अधिकारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया