बेलायत पठाइदिन्छु भन्दै ११ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ११ करोड ६ लाख ९७ हजार ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषास्थित सबैला नगरपालिका– १२ का ४७ वर्षीय अरुणराज शर्मा रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई हिजो आइतबार काठमाडौं महानगरपालिका –स्थित ३२ नरेफाँटबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज सोमबार गते वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।

उनीहरुले बेलायत पठाइदिन्छु भन्दै ३८ जना पीडितहरुबाट रकम ठगी गरेको खुलेको उनले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको र अन्य केही व्यक्तिहरुको पनि संलग्नता हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया