पाँचथर । फिदिम नगरपालिका–२ बाट ब्राउन सुगरसहित पाँच जना युवायुवती प्रकाउ परेका छन् । प्रहरीले जनाए अनुसार फिदिम नगरपालिका–२ पल्लोटारबाट प्रतिबन्धित ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको हो ।
फिदिम–२ स्थित एक घरमा प्रतिबन्धित लागुऔषधको कारोबार हुने गरेको गोप्य सूचनाका आधारमा छापा मारेको प्रहरीले जनाएको छ । छापा मार्दा ३ ग्राम ५ सय १० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक ख्यामराज घिमिरेले जानकारी दिए ।
प्रकाउ पर्नेमा फालेलुङ– २ घर भइ फिदिम– २ मा बस्ने २७ वर्षीय दिपेन केरुङ, फिदिम– १ का २३ वर्षीय बिरबल राई, मोरङको उर्लाबारी घर भइ फिदिम– ४ बस्ने ३० वर्षीय गणेश सुजी, फिदिम– १ का ३२ वर्षीय पर्वत तामाङ र फिदिम– ४ की १९ वर्षीया रिदिमा बर्देवा रहेका छा् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रकाउ परेका अधिकाश युवाहरु प्रतिबन्धित लागुऔषध प्रकरणमा पटक–पटक प्रकाउ परिकेका युवाहरु रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया