बेगनास तालमा एक व्यक्ति बेपत्ता, खोज्दै सशस्त्रको गोताखोर टोली

पोखरा । पौडी खेल्ने क्रममा कास्कीको बेगनास तालमा बेपत्ता भएका एक व्यक्तिको गोताखोरले खोजी गरिरहेको छ। आइतबार साँझ पोखरा महानगरपालिका– ३१ माझीकुनास्थित बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखाको सहिद लखन गाउँपालिका– ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका थिए।

श्रेष्ठ बेपत्ता भएको खबर प्राप्त भएपश्चात् खोजतलासको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोर सहितको टोली परिचालन भएको हो । गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले बेपत्ता श्रेष्ठको खोजी गरिरहेको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

प्रतिक्रिया