पाँचथर । पत्रकार युद्धबहादुर बोहोरा नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार–२०८२ बाट पुरस्कृत भएका छन् । इलामबाट सञ्चालित नयाँ बुलन्द डटकम अनलाइनको नवौं वार्षिकोत्सवको अवसरमा पत्रकार बोहोरा पुरस्कृत भएका हुन् । हरेक वर्ष वार्षिकोत्सवको अवसरमा वितरण गर्ने गरी नयाँ बुलन्द डटकमले स्थापना गरेको नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कारबाट यसपल्ट पत्रकार बोहोरा नगद १० हजार रुपैंयाँ राशीसहित पुरस्कृत भएका हुन् ।
इलामको फाकफोकथुम गाउँपालिकाको सेवा केन्द्र आमचोकमा सम्पन्न नवौं वार्षिकोत्सव समारोहमा पत्रकार बोहोरालाई पुरस्कृत गरिएको नयाँ बुलन्द डटकमका सञ्चालक तथा सम्पादक राम योङहाङले बताए ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका र इलामको फाकफोकथुम गाउँपालिकाको सीमावर्ती बजार घुर्विसे पञ्चमीमा रहेर गाउँबस्तीकाे पत्रकारितामा सक्रिय बोहोरा पूर्वाञ्चल दैनिक, शिलापत्र अनलाइन र नयाँ बुलन्द डटकममा आबद्ध छन् । उनी प्रेस सेन्टर नेपाल, पाँचथरका अध्यक्ष समेत रहेका छन् ।
प्रतिक्रिया