सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान

काठमाडौँ । ‘बिट प्लास्टिक पोलुुसन’ भन्ने अभियानलाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रवद्र्धन गर्ने उद्देश्यले सिटिजन्स बैंकले बृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवस २०२५ को अवसरमा वृहत् वृक्षरोपण कार्यक्रम कीर्तिपुरको मन्जुश्री पार्क, चोभार वडा–१४ मा करिब १ हजार २८५ विभिन्न प्रजातिका बिरुवाहरू रोपेको हो ।

वृक्षरोपण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, जलविनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक महर्जन तथा बैंकका उच्च व्यवस्थापन लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया