हिमालय एयरलाइन्सले मनायो १०औँ वार्षिकोत्सव

काठमाडौँ । नेपालको प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक हिमालय एयरलाइन्सले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सव भव्य समारोहका साथ मनाएको छ । समारोह राजधानीस्थित होटल याक एन्ड यतिमा बुधबार सम्पन्न भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, चीनको जनगणतन्त्रको दूतावास, नागरिक उड्डयन प्राधिकरण नेपाल (क्यान)लगायत संस्थाका उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रममा एयरलाइन्सका कर्मचारी, पदाधिकारी तथा सरोकारवालाको उत्साहजनक सहभागिता थियो ।
सन् २०१४ मा स्थापना भई २०१६ देखि व्यावसायिक उडान सुरु गरेको हिमालय एयरलाइन्सले आजसम्म आफ्नो सेवा दायरा विस्तार गर्दै एसिया तथा मध्यपूर्वका प्रमुख गन्तव्यसम्म नियमित उडान भर्दै आएको छ ।

प्रतिक्रिया