पर्सा । पर्साको कालिकामाई गाँउपालिकाको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । सोमबार नीति तथा कार्यक्रम उपाध्यक्ष राजमती देवी बरैनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले आगामी आर्थिक वर्ष २०८२–८३ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नीति तथा कार्यक्रममा, शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई, पर्यटन, यज्यालो र भौतिक पूर्वाधारको पालिकाको प्रत्यक वडाका सडकलाई रिङ रोड बनाउन प्रमुख योजना रहेको अध्यक्ष गुप्ताले बताए ।
भौतिक पर्वाधार तथा संरचना विकासमा दिगो नतिजामुलक विकासको लागि आवश्यक गुरुयोजना (मास्टर पलान) तयार गरी अगामी वर्ष आवधिक गाउँ विकास योजना, भूउपयोग योजना एवं प्रकोप व्यवस्थापन योजना निर्माण गरी कार्यान्यवनमा जोड दिइएको छ । कालिकामाई गाउँपालिका बनाउन मुख्य प्राथमिकतामा राखेको अध्यक्ष गुप्ताले बताए बताए ।
सबै क्षेत्र विकासमुखी बनाउनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष गुप्ताले आवश्यकताका आधारमा बजेट विनियोजन गरिने बताए । त्यसैगरी कालिकामाई गाउँपालिकाको विकासमा स्थानीय जनसमुदाय, जनप्रतिनिधि र कर्मचारीहरुको सहयोगका कारण विकासले गति लिएकोमा सबैलाई धन्यवाद समेत उनले दिए ।
कालिकामाई गाउँपालिकाको विकास कार्यमा सबै पार्टीहरुसँग सहकार्य गर्दै जाने प्रतिबद्धता समेत उनले गरे। आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममा उपाध्यक्ष राजमती देवी बरैन, प्रमुख प्रसाशकिय अधिकृत अमित गिरी, वडाध्यक्ष लालबाबु चौरसिया, सन्जय पटेल, सोनालाल चौरसिया, सन्जय साह गोढ, जयनारायण कुर्मी, कार्यपालिका सदस्य हरिओम साह, समाजसेवी कार्यपालिका सदस्य, गाउँपालिकाका महिला, पुरुष सदस्य कर्मचारी, शिक्षक, स्वास्थ्य कर्मचारीलगायतको सहभागीता रहेको थियो ।
पर्सा
प्रतिक्रिया