अन्य सार्वजनिक यातायात ठप्प हुँदा मयुर यातायात भने सञ्चालनमै

काठमाडौँ । सबै यातायात व्यवसायीले सेवा ठप्प गरेपनि सेवा मयुर यातायातले भने निर्वाद सेवा दिइरहेको छ । काठमाडौँ उपत्यकासहित देशभरको सार्वजनिक यातायात ठप्प पारेर व्यवासयीहरु आन्दोलनमा उत्रिए पनि मयुरले भने काठमाडौँमा सेवा जारी राखेको हो ।

विगतमा अरनिको राजमार्गमा सिन्डिकेट तोडेर चर्चा कमाएको मयुर यातायात र सरकारी स्वामित्वको साझा यातायातले आज सेवा दिइरहेका छ । मयुर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठले सार्वजनिक यातायात बन्द गर्नु राम्रो काम नभएकोले बन्द नगरेको बताए ।

उनले भने, ‘एकाविहानै देखि सबै गाडीले सेवा दिने भनेको थिए । हाम्रा चालक र सहचालकहरुलाई बन्दकर्ता पक्षधरले धम्की दिएछन् । त्यसकारण अलि ढिला भयो । अहिले साढे ११ बजेसम्म ३० वटा बसले चक्रपथदेखि धुलिखेल सेवा दिइरहेका छन् ।’ श्रेष्ठले १२ बजेपछि ९० वटा बस नै चलाउने बताए ।

प्रतिक्रिया