नेपाल प्रेस युनियन स्थापना दिवस : मुगुमा बिरामीलाई फलफूल वितरण

मुगु । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा मुगु जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । युनियनको ३४औँ स्थापना दिवसको अवसरमा मंगलबार देशभरमा विभिन्न कार्यक्रमको आयोजना गरि युनियन कर्मीहरुले स्थापना दिवस मनाइरहँदा मुगुमा प्रेस युनियनले जिल्ला अस्पतालमा उपचारत बिरामीहरुलाइ फलफूल वितरण गरेको हो ।

जिल्ला अस्पतालमा उपचारमा रहेका २६ जना बिरामीलाई प्रेस युनियन मुगुका अध्यक्ष नन्दबहादुर रोकाया, प्रेस युनियन मुगुका संस्थापक तथा पत्रकार महासंघ मुगुका संस्थापक अध्यक्ष विनोदकुमार मल्ल, पत्रकार महासंघ मुगुका अध्यक्ष अचुतराज भण्डारी, अस्पताल व्यवस्थापन समिति मुगुका अध्यक्ष गजेन्द्रबहादुर मल्ल र जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त प्रमुख दिपेन्द्र शाहीले फलफूल वितरण गरेका थिए ।

स्थापना दिवसकै अवसर पारेर प्रेस युनियनमा आबद्ध तथा जिल्लामा कृयासील २ दर्जन पत्रकारहरुको जिल्ला अस्पताल मुगुमा निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो । पत्रकारहरुको स्वास्थ्य परीक्षण चिकित्सक अर्जुन भामले गरेका थिए ।

फलफूल वितरण र स्वास्थ्य परीक्षणपछि सञ्चालित कार्यक्रममा बोल्दै अस्पताल व्यवस्थान समितिका अध्यक्ष गजेन्द्रबहादुर मल्लले यस्ता कार्यक्रमले बिरामीलाई सान्तोना प्राप्त भइ मनोवल बढ्ने बताए ।

उनले आफ्नो ४ वर्षे कार्यकालमा २ वर्ष व्यतित भइसक्दा अस्पतालमा अतिआवश्यक रहेको खानेपानी र घेरवार समाधान उन्मुखतिर काम भइरहेको र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई बस्नका लागि आवास गृहको अभाव भएकाले आफूले संघीय, प्रदेश र स्थानीय सरकारसँग आवास भवन निर्माणका लागि आवश्यक बजेटको व्यववस्था मिलाइदिन पहल गरिरहेको बताए । साथै, उनले पत्रकारहरुले पनि कलमका माध्यमबाट तीनै तहका सरकारलाई घचघच्याइदिन अनुरोध गरे ।

उनले भने, ‘देशमा बहुदलीय व्यव्वस्था छ, सबै पार्टीमा आस्था राख्ने पत्रकारहरु छन् र शुभेच्छुक संस्था पनि छन्, जो जेमा आस्थावान भए पनि पत्रकारहरुको समाचारमा आस्था झल्किनु हुँदैन, सत्यतथ्य र निष्पक्ष समाचार पत्रकारले लेख्नुपर्छ,’ नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष अचुतराज मल्लले कार्यक्रममा पत्रकारहरुलाई सुझाव दिए ।

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउन नेपाल प्रेस युनियनको अग्रणी भूमिका रहे पनि नेपाली कांग्रेसले आफ्नो शुभेच्छुक संस्था प्रेस युनियनको वृद्धि विकासमा ध्यान नदिएको फेस युनियन मुगुका संस्थापक अध्यक्ष विनोदकुमार मल्लले गुनासो गरे ।

उनले नेपाली कांग्रेसले प्रेस युनियनलाई विपक्षमा हुँदा प्रयोग गर्ने र सत्तामा हुँदा वास्ता नगर्ने गरेको आरोप लगाए । कार्यक्रम नेपाल प्रेस युनियन मुगुका अध्यक्ष नन्दबहादुर रोकायाको अध्यक्षयतामा जिल्ला अस्पताल मुगुमा मंगलबार भएको थियो ।

प्रतिक्रिया