एनसेलले ल्यायो साप्ताहिक अनलिमिटेड कल प्याक

काठमाडौँ । एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूका लागि ३ वटा नयाँ साप्ताहिक रिन्यूअल प्याकहरू सञ्चालनमा ल्याएको छ । १ हप्ताका लागि ग्राहकहरूको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकतालाई ध्यानमा राखी एनसेलले बजेटमैत्री विकल्पका रूपमा यी प्याकहरू सञ्चालनमा ल्याएको हो । बुधबारबाट यी प्याकहरू लागू भएका छन् । भ्वाइस प्याकअन्तर्गत, ग्राहकहरूले ७ दिनसम्म एनसेल वा नेपाल टेलिकमका नम्बरहरूमा अनलिमिटेड भ्वाइस कल गर्न मिल्ने अल नेपाल कल भ्वाइस प्याक करसहित मात्र ९९ रुपैयाँमा लिन सक्छन् ।

हप्ताभरका लागि डेटा, भ्वाइस र एसएमएस सेवा चाहिने ग्राहकले ९९ रुपैयाँमा २ जिबी डेटा, ४९ मिनेटको अल नेपाल कल र ९ अल नेपाल एसएमएस समावेश भएको सधैँ अन प्याक लिन सक्छन् । यसैगरी डेटामात्र चाहने ग्राहकले १५० रुपैयाँमा १० जिबी उच्च गतिको मोबाइल डेटा ७ दिनसम्म प्रयोग गर्न सक्छन् । यी प्याकहरूको प्रमुख विशेषता भनेको हरेक हप्ता प्याक आफैँ रिन्यु हुने व्यवस्था हो ।

प्रतिक्रिया