सर्वसाधारणका लागि खुल्यो नौतले दरबार (तस्विरहरू)

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित नौतले दरबार औपचारिक रुपमा उद्घाटन भएको छ । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दरबार उद्घाटन गरेका हुन् ।

उद्घाटनसँगै आजबाटै यो दरबार सर्वसाधारणका लागि खुला गरिएको छ । दरबार चीन सरकारको सहयोगमा पुनः निर्माण भएको हो ।

विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको प्रमुख आकर्षण नौतले दरबार वरपर घुम्न सक्नेगरी सबै संरचना हटाइएको छ । दरबार खुले पनि त्यहाँ रहेको महेन्द्र र वीरेन्द्र संग्रहालय भने केही समयपछि मात्र खुला हुनेछ । अहिले नौतले दरबारमा चढ्न पाउने व्यवस्था गरिएको छ ।

दरबारको तल्लो तलामा भूकम्पअघिको दरबारको अवस्था र भूकम्पपछिको अवस्थाको बारेमा तयार पारिएको डकुमेन्ट्री प्रदर्शन गरिनेछ ।

दोस्रो र तेस्रो तलामा संग्रहालय रहनेछ । दरबारको माथिल्लो तलामा भूकम्पबाट ध्वस्त भएका हनुमानढोका दरबार क्षेत्र परिसरका काम नलाग्ने टुँडाल, इँट्टा लगायतका पुरातात्त्विक वस्तु प्रदर्शनीमा राखिनेछ ।– तस्विरहरू नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया