काठमाडौं । भारतीय कांग्रेस नेता राहुल गान्धीले विदेशमन्त्री डा. एस जयशंकरको भिडियो बयानमा फेरि प्रश्न उठाएका छन् । जसमा पीआईबीले पहिले नै स्पष्टीकरण दिइसकेको छ ।
गान्धीले मे १७ मा एस जयशंकरको त्यो भिडियोमा भनेका थिए कि विदेशमन्त्री एस जयशंकरको मौनता निन्दनीय छ ।
उनले भनेका थिए, ‘त्यसैले म फेरि सोध्छु, पाकिस्तानलाई आक्रमणको बारेमा पहिले नै थाहा भएकाल हामीले कति भारतीय विमानहरू गुमायौँ ? यो कुनै लापरवाही थिएन, यो अपराध थियो र देशलाई सत्य जान्न पाउने अधिकार छ ।’
यसअघि राहुल गान्धीले विदेशमन्त्रीको भिडियोको बारेमा पोस्ट गरेका थिए, ‘हामीले आक्रमण गर्नुअघि पाकिस्तानलाई जानकारी दिनु अपराध थियो, विदेशमन्त्रीले सार्वजनिक रूपमा स्वीकार गर्दै हुनुहुन्छ कि भारत सरकारले यो गरेको हो ।’
गान्धीले सरकारलाई दुई प्रश्न सोधेका थिए । उनले सोधेका थिए, ‘पहिलो, यो कसले हुन दियो ? दोस्रो यसको कारणले हाम्रो वायुसेनाले कतिवटा विमान गुमायो ?
यस विषयमा कांग्रेस प्रवक्ता पवन खेडाले भने, ‘विदेशमन्त्री जयशंकरले यस्तो बयान दिइरहेका छन् कि पाकिस्तान र सम्पूर्ण विश्वमा हाम्रो खिल्ली उडाइँदैछ, त्यसैले राहुल गान्धीले बारम्बार भनिरहेका छन् कि तपाईंले जवाफ दिनुपर्छ, पाकिस्तानलाई पहिले चेतावनी दिएर देशले के नोक्सान भोग्यो, यो जान्न हाम्रो लागि धेरै महत्त्वपूर्ण छ, देशका कति विमान खसे ? कति आतंककारीहरू भागे ? ।
गान्धीले प्रश्न उठाएको भिडियोमा पीआईबीले केन्द्रीय मन्त्री एस जयशंकरको बयानलाई गलत सन्दर्भमा प्रस्तुत गरिएको बताएको थियो ।
प्रतिक्रिया