धुलिखेलमा हाइटेन्सन लाइनमा काम गर्ने युवकको करेन्ट लागेर मृत्यु

काभ्रे । धुलिखेल नगरपालिका–७ स्थित संजीवनी चोकमा शुक्रबार बिहान करिब ११:३० बजे करेन्ट लागेर एक युवकको ज्यान गएको छ । ११ हजार भोल्ट क्षमताको हाईटेन्सन लाइनको पोलमा चढेर काम गरिरहेका युवक अचानक करेन्ट लागेर पोलमै झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

मृत्यु हुनेमा सर्लाही जिल्ला, लालबन्दी नगरपालिका स्थायी घर भई हाल वडा नम्बर खुल्न बाँकी रहेको, अन्दाजी २८ वर्षीय उपेश नेपाली (परियार) रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नििरक्षक हरिराम नेपालले जानकारी दिए ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरिक्षक नेपालको कमाण्डमा खटिएको २५ जनाको प्रहरी टोलीले मृतकलाई पोलबाट झिकेर पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको छ । घटनास्थलमा थप अनुसन्धानका लागि प्रहरी निरिक्षक दिनेश बहादुर कुँवरको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया