काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले आइतबार उत्तर प्रदेशको लखनऊमा ‘ब्रह्मोस एयरोस्पेस एकीकरण र परीक्षण सुविधा’ को भर्चुअल रूपमा उद्घाटन गरेका छन् । यस अवसरमा उनले भारतीय सेनाको ‘अपरेशन सिन्दूर,’ ब्रह्मोस र आतंकवाद’ को बारेमा बोलेका छन् ।
रक्षामन्त्री सिंहले भने, ‘अपरेशन सिन्दूर केवल सैन्य कारबाही मात्र होइन, तर भारतको राजनीतिक, सामाजिक र रणनीतिक इच्छाशक्तिको प्रतीक हो, यो अपरेशन आतंकवाद विरुद्ध भारतको दृढ इच्छाशक्ति र सैन्य शक्तिको क्षमता र दृढ संकल्पको प्रदर्शन हो ।’
सिंहले भने, ‘हामीले देखाएका छौँ कि जब पनि भारतले आतंकवाद विरुद्ध कुनै कारबाही गर्छ, सीमा पारिको जमिन पनि आतंकवादी र उनीहरूका मालिकहरूका लागि सुरक्षित हुने छैन ।’
रक्षामन्त्री सिंहले आफ्नो सामाजिक सञ्जाल खातामा ब्रह्मोस मिसाइलसँग सम्बन्धित भिडियो पनि सेयर गरेका छन् र लेखेका छन्, ‘ब्रह्मोस आफैँमा एउटा सन्देश हो ।’ उनले थप भनेका छन्, ‘ब्रह्मोस केवल एक क्षेप्यास्त्र मात्र होइन, यो हाम्रो सेनाको शक्ति र सीमाको सुरक्षाप्रति हाम्रो संकल्पको प्रतीक हो ।’
प्रतिक्रिया