स्थानीय निकायमा काम गर्न नदिने चेतावनी

काठमाडौं, २० चैत । नेपाल पिछडावर्ग महासंघले सरकारले १० बुँदे माग पुरा नगरे स्थानीय निकायको काम कारवाही बन्द गरिदिने चेतावनी दिएको छ ।
महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर माग पुरा गराउन वैशाख–१७ गतेबाट मधेसका जिल्लाका गाविस, नगरपालिका र जिविसमा तालबन्दी गर्ने जनाएको हो ।
मधेस पिछडावर्ग र मुस्लिम उत्थान कार्यक्रम कार्यान्वयन मार्गदर्शन–२०६८ जारी गर्नु पर्ने, पिछडिएको समूदायको उत्थान कार्यविधी–२०६९ खारेज गर्नु पर्ने, पिछडावर्गा जातीय संग्राहलय स्थापना गर्नु पर्नेलगायतका माग महासंघले अघि सारेको छ ।
अध्यक्ष भरतप्रसाद महतोले सरकारले सम्झौता कार्यान्वयन नगरेर धोका दिएको आरोप लगाए । उनले माग पुरा नभए निर्वाचन हुन नदिने बताए ।

प्रतिक्रिया