राप्रपालाई गृहको चेतावनी : निषेधित क्षेत्र तोडे कारबाही

काठमाडौँ । गृह मन्त्रालयले आज राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्ने भनिएको प्रदर्शनमा निषेधित क्षेत्र तोडिए कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार विज्ञप्ति जारी गर्दै राप्रपाले प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्ने भनी आएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको भन्दै त्यसो नगर्न आग्रह गरेका हुन् ।

मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ । यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुनी कारबाही हुने जनाइएको छ । ‘समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुनसमेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ,’ गृहले भनेको छ ।

प्रतिक्रिया