अमेरिका भ्रमण नगर्न आफ्ना नागरिकलाई चीनको सुझाव

बेइजिङ । अमेरिकासँग बढ्दो व्यापार युद्धकाबीच चीनले आफ्ना नागरिकलाई अमेरिका यात्राबारे चेतावनी दिएको छ । बिबिसीका अनुसार चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले ट्राभल एडभाइजरी जारी गरेको हो ।

यसमा मन्त्रालयले आफ्ना नागरिकलाई ‘होसियारीपूर्वक यात्रा गर्न’ र ‘जोखिमको पूर्ण मूल्यांकन गर्न’ र अमेरिका जानुअघि ‘सोचविचार गरेर मात्र यात्रा गर्न’ सुझाव दिएको छ ।

यसले ‘चीन–अमेरिका आर्थिक र व्यापारिक सम्बन्धमा बिग्रँदै गएको र संयुक्त राज्य अमेरिकाको घरेलु सुरक्षा अवस्था’ बताएको छ । यसैबीच चीनको शिक्षा मन्त्रालयले छुट्टै चेतावनी जारी गरेको छ ।

यसमा विद्यार्थीहरूलाई अमेरिकामा अध्ययन गर्ने निर्णय गर्नुअघि ‘सुरक्षा जोखिमको आँकलन’ गर्न भनिएको छ । ट्यारिफका विषयमा चीन र अमेरिका आमनेसामने भएका छन् ।

चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानको भन्सार महसुल बढाएर १२५ प्रतिशत पु¥याएका छन् ।

प्रतिक्रिया