शिक्षकहरु छाता ओढेरै सडक आन्दोलनमा (तस्विरहरु)

काठमाडौं । अन्दोलनको आज ९औँ दिन शिक्षकहरु छाता ओढेर आन्दोलनमा उत्रिएका छन् । आन्दोलनले आज माइतीघरदेखि नयाँ बानेश्वर मुख्य सडक पुरै अवरुद्ध भएको छ । यही चैत २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आज ९औँ दिन पनि जारी रहेको हो ।

आज लामो समयपछि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ भने काठमाडौंमा पनि वर्षा भएको छ । वर्षाकै कारण शिक्षहरुले छाता ओढेरै भए पनि आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

नेपाल शिक्षक महासंघको आयोजनामा आन्दोलन गरिरहेका उनीहरुले माग पूरा नभए नफर्किने चेतावनी पनि दिएका छन् । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरु माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर पुगेर औपचारिक कार्यक्रम गर्दै छन् ।

यसअघि प्रत्यक दिन शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेका शिक्षकरुले आज बिहीबार भने प्रहरीसँग विवाद भएको थियो । शिक्षकहरुले यसअघिका सबै आन्दोलनहरु फरक–फरक शैलीमा दैनिक शान्तिपूर्ण गर्दै आएका थिए ।

कहिले नाचगान, कहिले कालो माक्स लगाएर, कहिले दिउँसै टर्च लाइट बालेर, कहिले सिठ्ठी बजाएर आन्दोलन गर्दै आएका थिए । तर, आज बिहीबार भने शिक्षकहरुले सडकका तीनवटै लेन कब्जा गर्न खोजेपछि प्रहरीसँग विवाद भएको हो ।

प्रतिक्रिया