काठमाडौँ । ज्योति विकास बैंकले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा बर्थिंङ सेन्टरहरूमा नवजात शिशुको शारीरिक तापक्रमलाई उचित राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिनहरू प्रदान गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशका पहाडी भेगका अति दुर्गम ४ स्थानमा सो मेसिन जडान गरेको छ । दुर्गम क्षेत्रमा सुरक्षित प्रसूति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका यी स्थानहरूमा पनि बेबी वार्मर प्रदान गरेको हो ।
बैंकको पहलमा बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकास्थित श्रीकोट हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको छ । दार्चुला जिल्लाको लेकम नगरपालिका–२, शर्मौली अवस्थित शर्मौली हेल्थ पोस्ट र अपीहिमाल गाउँपालिका–५, सौगन्नामा अवस्थित सौगन्ना आधारभूत स्वास्थ्य केन्द्रमा पनि बेबी वार्मर जडान गरिएको छ ।
बैंकले बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–२, ब्रह्मटोल अवस्थित ब्रह्मटोल हेल्थ पोस्टमा बेबी वार्मर जडान गरेको छ । बुढीगंगा नगरपालिकाकै पहिलो बेबी वार्मरले उक्त क्षेत्रको प्रसूति सेवामा थप सहजता पुग्ने भएकाले सम्बन्धित निकायहरू पनि थप उत्साहित भएका छन् ।
प्रतिक्रिया