सिरहा । सिरहाका २ नगरपालिका र १ गाउँपालिका जोडने हुलाकी राजमार्ग बरियारपट्टी नेपाल–भारत सीमादेखि सुखीपुर जिरोमाइल अम्बास सडक र सप्तरीका कदम्हा चोकदेखि दक्षिण चकदह हुँदै प्रमाणपुर पर्टेर्वासम्म कालोपत्रेको काम सुरु भएको छ । धनगढीमाई नगरपालिका १४ अम्बासदेखि कालोपत्रेको काम सुरु भएको हो । सडक कालोपत्रे सुरु भएसँगै अम्बासका स्थानीय खुशी भएका छन् ।
हुलाकी राजमार्ग बरियारपट्टी नेपाल–भारत सीमा सडक निर्माणको जिम्मा साह मकालु जय भवानी जेभि निर्माण कम्पनीले २० लाख २ हजार ८ सय २७ रुपैयाँ पाएको छ, भने काम २०८१ चैतको ३१ सम्म सम्पन्न हुने सम्झौताअनुसार अगाडि बढाएको काम अन्तिम चरणमा पुगेको छ ।
त्यस्तै, सप्तरीको कदम्हा चोकदेखि दक्षिण चकदह हुदै प्रमाणपुर पर्टेर्वा सम्मको सडक निर्माण जिम्मेवारी पाएका गौरी पार्वती के एण्ड केजि रमिता जेभि निर्माण कम्पनीले सत्ताइस लाख आठ सय सोल रुपैयाँमा सडक बनाउने ठेक्का पाएकोछ । सुरुङ नगरपालिका हुँदै हुलाकी राजमार्ग जोडने सडकको काम अगाडि बढेसँगै स्थानीय बिबेक यादवले बताए । उनले भने, ‘विद्यार्थीहरुलाई पनि सजिलो हुने भएको छ । यो देख्दा साह्रै खुसी लागेको छ ।’
सप्तरीको कदम्हा चोकदेखि दक्षिण चकदह हुँदै प्रमाणपुर पर्टेर्वा सडक र हुलाकी राजमार्ग बरियारपट्टी नेपाल–भारत सीमादेखि सुखीपुर जिरोमाइल सम्बाससडक निर्माणको गुणस्तरबारे शंका नगर्न सडक डिभिजन कार्यालय प्रमुख इन्जिनियर आशुतोष कर्णले बताए । उनले भने, ‘साइट हेर्ने जिम्मा इन्जिनियर संजीव दासलाई दिइएको र दुबै साइटमा गुणस्तर बारे चेकजाँच गर्दै कामअगाडि बढाउदै गुणस्तरमा कुनै कसर बाकी नगर्ने गरि निर्माण कम्पनीलाई काम गर्न निर्देशन दिएको छु।’
इन्जिनियर कर्णले काम अन्तिम चरणमा रहेको बताए । उनले अब जतिसक्दो चाँडो दुबै साइटको काम सम्पन्न हुने बताए । हुलाकी राजमार्ग बरियारपट्टी नेपाल–भारत सीमा सडक धनगढीमाइ नगरपालिका , सुखिपुर नगरपालिका र बरियारपट्टि गाउँपालिकालाई जोडेको छ।
प्रतिक्रिया