टिआरसी अघि बढाउन छलफलमा जुट्दै ३ नेता

काठमाडौँ । संक्रमणकालीन न्यायका बाँकी प्रक्रिया पूरा गर्ने सन्दर्भमा छलफल गर्न प्रमुख ३ दलका शीर्ष नेताहरूको बैठक आज सोमबार बस्ने भएको छ । आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो गरेका हुन् ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भइसकेको भए पनि बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन हुन सकेको छैन । यसकारण बाँकी काम अघि बढ्न सकेको छैन । बैठकमा आयोग गठन गरी प्रक्रिया अघि बढाउने विषयमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री ओलीले यो विषयलाई टुंगोमा पु¥याउन भन्दै एमाले स्थायी कमिटी सदस्य अग्नि खरेललाई संक्रमणकालीन न्याय विज्ञका रूपमा नियुक्त गरेका छन् । खरेलले यसअघि नै देउवा र प्रचण्डलाई भेटेर बैठक बस्ने वातावरण बनाएका हुन् ।

प्रतिक्रिया