महिलाहरुको स्वास्थ्यका लागि ‘काठमाडौं पिंक केयराथन’

काठमाडौं । महिलाहरुको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले ‘काठमाडौं पिंक केयराथन’ भएको छ । लेजर पोर्ट नेपालले यो कार्यक्रम गरेको हो ।

काठमाडौं पिंक केयराथनमा महिलाहरुको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म ३ वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो । त्यसपछि कोभिड महामारी र अन्य सामाजिक तथा आर्थिक कारणले रोकिएको इभेन्ट २०२४ मा आयोजना भएको थियो ।

प्रतिक्रिया