टेक्सस । अमेरिकामा आएको आँधीले ३४ जनाको ज्यान लिएको छ । ज्यान गुमाउनेमा मिसाउरीका मात्र १२ जना छन् । दक्षिण पूर्वी राज्यका धेरै घर हल्लिए भने कारहरू पल्टेका थिए । टेक्ससमा कारमा धुलो पसेर ठोक्किँदा ३ जनाको ज्यान गएको छ ।
साँझदेखि टेक्सस, मिसाउरी र इलिनियोसका धेरै बिजुलीको लाइन अवरुद्ध भएको छ । त्यस क्षेत्रमा अझ कठिन मौसम तथा विपत्तिको अनुमान गरिएको छ । साथमा मिसिसिपी, पूर्वी लाउसानिया र पश्चिमी टिनेजमा आँधीको जोखिम छ ।
त्यसैगरी ३ राज्यका साथै अलाबामा र अरान्कासमा ठुलो बाढी आउने अनुमान गरिएको छ । राष्ट्रिय मौसम विभागले त्यहाँ आउने ठुलो बाढीले जनजीवन अझ कष्टकर बन्ने बताएको छ । विभागले अझ डरलाग्दो समस्याको आँकलन गरेको छ । मिसाउरीको आपतकालिन विभागले २५ गाउँमा १० वटा आँधी आएको जनाएको छ । अरान्कासमा ३ जनाको मृत्यु हुँदा २९ जना घाइते भएका छन् । ओकाहामामा पनि १ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया