रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । उनी अमेरिकामा पक्राउ परेको परेको पुष्टि भएको हो । रास्वपाका नेता मनिष झाले थापा अमेरिकन इमिग्रेसनको हिरासतमा परेको जानकारीमा आएको बताए ।

‘रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकन इमिग्रेसनको हिरासतमा पर्नुभएको जानकारीमा आएको छ’, झाले भने । सांसद झाले थापाले यसअघि नै व्यक्तिगत कानुनी प्रक्रियाहरु स्पष्ट र समाधान गर्नुपर्ने र सो किनारा नलागेसम्मका लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर गएको पनि बताए । केन्द्रीय सदस्य थापाको नाम पार्टीको वेबसाइटबाट हटिसकेको रास्वपाले जनाएको छ ।

थापा गत हप्ता अमेरिकाका पेन्सिलभेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको बताइएको छ । थापा अहिले फिलाडेल्फिया संघीय हिरासतमा रहेको बताइएको छ । गत हप्तामात्र कतार हुँदै अमेरिका पुगेका थिए । उनी अमेरिका पुगेलगत्तै पक्राउ परेका थिए ।

अमरिकी आप्रवासन तथा भन्सार प्रबर्तन (आईएस) ले थापालाई पक्राउ गरेको बताइएको छ । थापा अमेरिकी ग्रिनकार्ड होल्डर हुन् । थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोगको घटनामा मुद्दा चलेर जेलसमेत बसेका थिए ।

थापा रास्वपा सभापति रवि लामिछाने थुनामा पर्नेबित्तिकै नेपाल आएर उनलाई धरौटीमा छुटाउन क्रियाशील थिए । पोखरादेखि भैरहवा हुँदै चितवनसम्म उनी रविलाई थुनामुक्त गराउन सक्रिय रहेको बताइएको थियो । थापालाई अमेरिकामा कुन अपराधमा पक्राउ गरिएको हो भन्ने विषय खुलिसकेको छैन ।

अमेरिकामा रहँदा अराजक गतिविधि गर्नेमध्येका एक थापाले केही समयअघि राष्ट्रसंघको महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा न्युयोर्क गएका बेला कालो झण्डा र जुत्ताको माला देखाउने भन्दै फेसबुकबाट उर्दी जारी गरेका थिए । थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा मुद्दा चलेर जेलसमेत बसेको बताइएको छ ।

प्रतिक्रिया