राजविराज, १३ चैत । शौचालय गरेर धुने क्रममा खाल्टोमा रहेको पानी बगेको करेन्ट लागेर सप्तरीमा एक बालिकाको मृत्यू भएको छ ।
सदरमुकाम राजविराजसँगै जोडिएको मलेठ–७ निवासी १४ वर्षीया वालिका हीराकुमारी सदाको करेण्ट लागेर मृत्यू भएको हो ।
विहानै घर नजिकैको वासघारीमा दिसा वसेकी सदाले नजिकै रहेको खाल्टोमा रहेको पानीले धुने क्रममा पानीमा प्रवाह भएको करेण्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हुकिङ्ग गरी तानिएको तार लतारिएर खाल्डोमा खसेको र दिसा धुदा सोही तारवाट प्रवाह भएको करेण्टवाट उनको मृत्यू भएको नायव उपरीक्षक श्यामसिंह चौधरीले वताए ।
प्रतिक्रिया