वीरगन्ज । पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारबाट देश र देसवासीको नाममा बक्सेको सन्देशको स्वागत गर्दै नेपाल राष्ट्रवाद संघ, नेपाल विद्वत परिषद्, शिव सेना नेपाल, देशभक्त राजभक्त, वीर गोर्खाली, राष्ट्रवादी नागरिक समाज, राष्ट्रिय संघर्ष समिति, राष्ट्रवादी शान्ति समूह, र विश्व हिन्दू महासंघको संयुक्त आयोजनामा वीरगन्जमा राजावादीहरूद्वारा र्याली निकालिएको छ ।
वीरगन्जको घण्टाघर चोकबाट सुरु भएको स्वागत र्याली बाजागाजासहित ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजा आउ देश बचाउ, हिन्दू राष्ट्र कायम गर, संघीयता खारेज गर, धर्मनिरपेक्ष खारेज गर’ आदि नारा लगाउँदै घण्टाघर हुँदै माईथान, अलखियामठ, घडिर्वा पोखरी हुँदै पुनः घण्टाघर चोकमा आई कोणसभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल शाह यो देश लोकतन्त्र र गणतन्त्रलायक छैन योचाहिँ नेतातन्त्र भएको मात्र देखियो यिनिहरूले विदेशको इसारामा मात्र हाम्रो देशलाई चलाइरहेका छन् हाम्रो देशलाई सुखी सम्पन्न र समृद्ध मात्र राजाले नै बनाउनुहुन्छ अरू नेताले बनाउन क्दैन त्यसैले हाम्रो देशमा राजसंस्था स्थापनाको जरुरी रहेको बताए ।
त्यस्तै कोणसभालाई सम्बोधन गर्दै विश्व हिन्दू महासंघका पृथ्वी झा यो देशमा लोकतन्त्र भएको होइन यो देशमा लुटतन्त्र मात्र भएको बताउँदै देशमा राजसंस्थाको आवश्यकता रहेको बताए ।
स्वागत र्यालीमा रामनारायण साह, सतार अंसारी, पृथ्वी झा, अनु राणा, वीरेन्द्र थापा, दीपेन्द्र रौनियार, संगीतादेवी साह, उमाशंकर प्रसाद, राजेन्द्र पाल, बजरंगी, विष्णुकुमार दास, सन्तोष गुप्ता, मदन ठाकुर, राजेश यादव, वीरेन्द्र साह तेली, इदा मिया, राधाकृष्ण चौहान, प्रेम सर्राफ, धुरेन्दर पटेल, पवनप्रसाद साह, वीरेन्द्र थापा, चुलाइ मिया चिरिहार लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया