पर्सा । पर्साको पोखरिया नगरपालिकामा आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले
हाजिर भएर आजबाट कार्यभार सम्हालेका छन् । आज एक समहारोहबीच जनप्रतिनिधि र कर्मचारीहरुले उनलाई स्वागत तथा परिचयात्मक कार्यक्रम गरेका छन् ।
नगरपालिकाको सभा हलमा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा पोखरियाका उपप्रमुख रुवी ठाकुरको अध्यक्षता रहेको थियो भने लेखा शाखा प्रमुख मन्दिप महतो, वाडा अध्यक्ष महेंद्र महतो चाई, पूर्व निमित प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव प्रशासन शाखा प्रमुख संजय पाण्डेय, नरेन्द्र साह लगाएतले अधिकृत श्रीवास्तवलाई फूलमाला र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।
सो अवसरमा अधिकृत श्रीवास्तवले आफू जनताहरुको कामलाई छिटो र छरितो सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । जनताहरुको कामकाजका साथै विकास निर्माणलगायतको कामहरु अगाडि बढाउने भन्दै उनले जनप्रतिधि र कर्मचारीको समन्वयमा अगाडि बढ्ने बताए ।
उनले भने, ‘तपाइँहरुले आज जसरी स्वागत गर्नुभएको छ, त्यसरी नै तपाइँहरुको सहयोग र समन्वयको जरुरी छ ।’ परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, नगरपालिका सदस्य र कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।
पर्सा
प्रतिक्रिया