काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको छ । एचआरएम (ह्युमेन रिर्सोस म्यानेमेन्ट) नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा सिटिजन लाइफले सो अवार्ड पाएको हो । नेपाली बिमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन आदि अध्ययनको आधारमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट कम्पनीको रुपमा पुरस्कृत भएको हो ।
मंगलबार आयोजित एक समारोहका बीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र नायव प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बीसीलाई आयोजकका तर्फबाट अवार्ड प्रदान गरिएको हो ।
नेपालमा बिमाको दीगो विकास रणनीति तथा बिमाको पहुँच बृद्धिका लागि जनस्तरमा पुगेर बिमा सेवा सञ्चालन गर्दै आइरहेको सिटिजन लाइफले जनाएको छ । स्थापनाको छोटो अवधीमा सिटिजन लाइफले उत्कृष्ट, नतिजामुखी बिमा सेवा प्रवाह गर्दै आइरहेकोसमेत दाबी गरेको छ ।
प्रतिक्रिया