अण्डाको मूल्य बढ्यो

चितवन । अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले सोमबारदेखि नै लागू हुनेगरि अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।

मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को ३ सय ९० रूपैयाँ, ठूलो अण्डा ४ सय १० रूपैयाँ र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य ४ सय २५ रूपैयाँ पुगेको छ।

यसअघि मध्यम अण्डा प्रतिक्रेट ३ सय ५० रूपैयाँ, ठूलो अण्डा ३ सय ७० रूपैयाँ र एक्स–एल अण्डा प्रतिक्रेट ३ सय ८५ रूपैयाँ रहेको थियो । यो फार्म मूल्य हो ।

प्रतिक्रिया