काठमाडौँ । एनसेलले खल्तीसँगको साझेदारीमा आफ्ना ग्राहकहरूका लागि खल्ती एपमा पनि फ्ल्यास सेल अफर ल्याएको छ । यसअन्तर्गत अब हरेक आइतबार खल्तीबाट प्याकहरू किन्दा ग्राहकहरूले बोनस डेटा, टक टाइम पाउनुका साथै आकर्षक उपहार पनि जित्न सक्ने कम्पनीले जनाएको छ । आइतबारबाट सुरु भई ९ चैतसम्म सञ्चालनमा रहने यो अफरअन्तर्गत बोनसका साथ सेवाको फाइदा लिन र उपहार जित्ने मौका पाउनका लागि ग्राहकले खल्तीमार्फत एनसेलका छानिएका ७ प्याकहरूमध्ये कुनै १ प्याकको खरिद गर्न सक्छन् ।
यसरी छानिएका प्याकहरूमा सधैँ अन अन्तर्गतका ४, होम एन्ड अवेका २ वा ९९९ अनलिमिटेड छन् । सधैँ अनका प्याकहरूका प्याक अनुसार ग्राहकहरूले ५ जिबी, ८ जिबी वा १० जिबी डेटा बोनसका रूपमा पाउँछन् । होम एन्ड अवेका प्याक किन्दा ५ जिबी वा ७ जिबी थप डेटा बोनस पाइन्छ । त्यसैगरी, ९९९ अनलिमिटेड डेटा प्याक किन्दा ग्राहकले १०० मिनेट अन नेट टक टाइम बोनस प्राप्त गर्दछन् । सुरुआतमा एनसेल एपको विशेष अफरका रूपमा सञ्चालनमा ल्याइएको यो फ्ल्यास सेल अब हरेका हप्ता आइतबारका दिन ग्राहकहरूलाई बोनस सुनिश्चित गर्दै खल्तीमा पनि लागू भएको हो ।
प्रतिक्रिया