ललितपुरको हरिसिद्धीमा सिटिजन्स बैंकको शाखा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा बिस्तार गर्ने क्रममा आफ्नो १९९औँ शाखा ललितपुरको हरिसिद्धीमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौँ उपत्यकाभित्र यस बैंकको ४० वटा शाखाहरू र वाग्मती प्रदेशमा ५६ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।

हरिसिद्धीमा आइतबार आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले ग्राहकहरूलाई सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पु¥याउदै उहाँहरूको विश्वास र समर्थन समेटेर हामी यहाँसम्म आइपुगेको र यस नयाँ शाखाबाट हरिसिद्धी वरपरका ग्राहकहरू माझ पहिलो रोजाइको बैंक बनेर सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न शाखाका कर्मचारीहरूलाई शुभकामनासमेत व्यक्त गरे ।

सुविधा सम्पन्न यो शाखामार्पmत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।


नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवाहरू पहिलो वर्ष निःशुुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ । त्यस्तै, बैंकले डि–म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षका लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ ।

प्रतिक्रिया