काठमाडौं : अभिनेता मनोज थापा अब निर्माता भएका छन् । प्रेयसी चलचित्रबाट नायकका रूपमा डेब्यू गरेका थापा चलचित्र ‘ब्याड ब्वाई’ मार्फत निर्माता बनेका हुन् । चलचित्र क्षेत्रलाई फरक ढंगबाट चिनाउन निर्माणमा हात बढाएको हो थापाले भने ,‘सानै देखिको यस क्षेत्रप्रतिको रुचिले लगानी गरेको हुँ’ उनले भने ।
‘ब्याड ब्वाई’ को हाल ७० प्रतिशत छायांकन सकिएको छ । असारको पहिलो साता सार्वजनिक प्रदर्शन गर्ने लक्ष्यका साथ निर्माण थालिएको यस चलचित्रमा राजेश ढुंगाना, मनोज थापा र सुशान्त हरिक्स, सुमित्रा श्रेष्ठ, रोशनी घिमिरे, रञ्जु सिलवाल, विरेश दाहाल, सुमनकेसी र निशा थापा आदिको अभिनय छ । काठमाडौं, पोखरा, हेटौंडा, चितवन, लुम्बिनीलगायतका रमणीय स्थानमा यसको छायांकन गरिएको छ । प्रेमकथालाई मुख्य विषयवस्तु बनाइएको चलचित्र निर्माणमा ३५ लाख लागत लाग्ने निर्देशक वरुण अधिकारीले जानकारी गराए । चलचित्रमा राजुजंग थापाको द्वन्द्व, राम कार्कीको संगीत र दिनेश डिसीको नृत्य समेटिएको छ । (सौस)
प्रतिक्रिया