काठमाडौ : सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कनुमा शिक्षक दोषी रहेको सरोकारवालाले बताएका छन् । शिक्षकको सिकाइ पद्धति गलत भएकाले शैक्षिक स्तर खस्कँदै गएको उनीहरूको भनाइ छ ।
राजधानीमा आइतबार भएको अन्तरक्रियामा उनीहरूले शिक्षकहरूले राम्रोसँग नपढाउँदा शैक्षिक स्तर घटेको बताएका हुन् । सामुदायिकका शिक्षक ९० प्रतिशतभन्दा बढी तालिमप्राप्त भए पनि उनीहरूले विद्यार्थीको रुचिअनुसार पढाउन नसकेको उनीरूले बताए ।
शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले सामुदायिकको शैक्षिक स्तर खस्केको स्विकार्दै शिक्षकमा आत्मविश्वास र नेतृत्वदायी क्षमतामा वृद्धि हुनुपर्ने बताए । शिक्षकमा अनुभव हुँदाहँुदै पनि लापरवाहीका कारण आधारभूत तहका कक्षामा सिकाइस्तर कमी पाइएको प्रवक्ता शर्माको भनाइ थियो । शिक्षाविद् डा. विनय कुसियतले विद्यार्थीमा सिकाइ क्षमता बढाउन शिक्षकको आचरण र मनोवृत्तिमा परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे । (सौस)
प्रतिक्रिया