काठमाडौं । संसद बैठकमा आफूले सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले बोल्ने समयमा खोजेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित नभएको भन्दै प्रचण्डले आक्रोश पोखेका छन् । विपक्षी दलको नेताको हैसियतमा संसदमा सम्बोधन गर्दै प्रचण्डले सुरुमै ओलीलाई खोजेका हुन् ।
‘संसदीय लोकतन्त्रको परम्पराअनुसार सत्तापक्षको तर्फबाट प्रधानमन्त्रीजीले सम्बोधन गर्दै गर्दा प्रमुख प्रतिपक्ष दलका नेताहरु उपस्थित रहनु र प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित रहने परम्परा छ । मैले गम्भीर रुपले नै प्रम आउँदै हुनुहुन्छ होला भन्ने सोचेको थिएँ । सत्ता पक्षका सबैभन्दा ठुलो दलका नेता पनि आउनुहुन्छ होला भन्ने सोचेको थिएँ’, प्रचण्डले भने, ‘अहिलेसम्म आउनु भएको छैन । म आशा गर्छु उहाँ आउनुहुनेछ ।’
बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारले संसद् अधिवेशनबाट भागेर षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध्यादेशहरु ल्याएको उल्लेख गर्दै उनले आपत्ति जनाए ।
‘माघ ८ गते संसदको बैठक आव्हान गरिएको छ तर जम्मा ६ दिनअघि दर्जनौं ऐन संशोधन गर्ने गरी पाँचपाँचवटा अध्यादेश ल्याइएको छ । पछिल्ला पैंतीस वर्षमा नेपाली कांग्रेसले बाह्रपटक प्रधानमन्त्री चलाएछ, नेकपा एमालेले सात पटक’, अध्यक्ष प्रचण्डले भने, ‘पैंतीस वर्ष शासन गरेपछि आज आएर देशको विकास ६ दिन ढिलो हुने भयो भनेर ल्याउनुभयो त अध्यादेश रु उखान छ नि, सौ चुहा खाके बिल्ली हज के लिए चली । तपाईंहरू पनि अब विकासको हाजी हुनुभएको हो ? ।’
प्रतिक्रिया