सभामुखले बोलाए सचेतक तथा प्रमुख सचेतकहरूको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले अध्यादेशलगायतका विषयमा छलफल गर्न प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।

सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले आज दिउँसो ३ बजे सिंहदरबारमा प्रमुख दलका मुख्य सचेतकहरूसँग छलफल गर्न लागेका हुन् । सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरुले चर्को विरोध गरिरहेका छन् । बिहीबार संसद बैठक बस्ने भएकोले त्यसअघि दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन् ।

कांग्रेसमा संसदीय दलको प्रमुख सचेतक श्याम घिमिरे, एमालेमा महेश वर्तौला, माओवादीमा हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र राप्रपामा ज्ञानेन्द्र शाही प्रमुख सचेतक रहेका छन् । प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजे बस्दै छ ।

प्रतिक्रिया