काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५० को दशकलाई हिंसाको दशक भनेपछि माओवादी केन्द्रले त्यसको प्रतिवाद गरेको छ । शुक्रबार संसद बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले ५० को दशकलाई हिंसाको दशक भएका थिए ।
त्यसपछि संसदमा माओवादी केन्द्रको तर्फबाट बोलेका माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ५० को दशक ‘जनयुद्ध’ दशक भएको स्मरण गरउँदै त्यसकै जगमा गणतन्त्र आएको बताए । उनले गणतन्त्रको जग बसाउन माओवादीको योगदानलाई स्मरण गरेका हुन् ।
‘गणतन्त्र ल्याउनका लागि ५० को देशमा महान जनयुद्ध लडियो । र त्यसले आधार बनायो । जनमुक्ति सेनाले प्राणको प्रवाह नगरी लडेको कारणले गर्दा सँगसँगै जनयुद्धको जगमा जनआन्दोलनसहित भएर गणतन्त्रमा पुगेका हौं यो विषयर्लाइ बिर्सन हुँदैन,’ उनले भने ।
त्यसअघि संसदमा प्रधानमन्त्री केपीशर्मा ओलीले सम्बोधन गरेका थिए । उनले ५० को दशकलाई हिंसाको दशक भन्न सकिने बताएका थिए । ‘८० को दशक समृद्धिको दशक र विकासको दशक हुनेछ । ५० को दशक अन्योल र गन्जागोलको दशकभन्दा फरक पर्दैन, यसलाई हिंसाको दशक भन्न सकिन्छ,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘६० दशकलाई गणतन्त्र स्थापना र संक्रमणकाल, ७० को दशक सङ्क्रमणको अन्त्य, संविधान निर्माण र समृद्धिको आधार निर्माण तर अब ८० को दशको समृद्धिको दशक हुनुपर्छ ।’
प्रतिक्रिया