पाथीभरामा बन्ने केबलकारले कुनै धर्म र संस्कृतिलाई असर गर्दैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता सांसद योगेश भट्टराईले पाथीभरामा बन्ने केबलकारले कुनै धर्म, संस्कृति र आस्थालाई कमजोर नपार्ने बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद भट्टराईले ताप्लेजुङ जिल्लाको धार्मीक, सांस्कृतिक र पर्यटकीय स्थल पाथीभरामा केबलकार निर्माणबारे त्यहाँ मुख्य मन्दिरलाई असर गर्ने गरि कुनै पनि संरचनासमेत बताए ।

सांसद भट्टराईले भने, ‘केबलकार निर्माण गर्ने कम्पनीले प्रस्तुत गरेको डीपीआर र राज्यका निकायले स्वीकृत गरका परियोजना प्रस्ताव तथा वातावरणीय मूल्यांकन प्रतिवेदनका आधारमा हेर्दा केबलकारको संरचनाले कुनै पनि धर्म, संस्कृति र आस्थालाई कमजोर पार्ने देखिँदैन, अहिले यसमा असहमति जनाउनु भएका साथीहरुको के भनाइ छ भने कान्छीथाम भन्दा माथिबाट केबलकारको डब्बा जाने भयो, यो आस्थामाथि समस्या भयो, त्यो यर्थात होइन ।’

उनले मुल मन्दिरभन्दा ८ सय मिटर बाहिर केबलकारको माथिल्लो स्टेशन बन्ने र त्यहाँ होटेलसमेत नबन्ने उल्लेख गरे । ‘केबलकार माथिल्लो स्टेशन मुल मन्दिरभन्दा ८ सय मिटर बाहिर छ, यो पनि अहिले सार्वजनिक विवादमा ल्याइएको विषय हो,’ भट्टराईले भने, ‘केबलकारले मन्दिरको ढोकामै मान्छेहरु पुग्ने भए, त्यहाँ फोहोर हुनेभयो भन्ने खालको चर्चा मैले सुनेको छु ।’ त्यस क्षेत्रमा केबलकार निर्माणको विषयमा विवाद भइरहेको छ ।

प्रतिक्रिया