सौर्यकर्मी रोकायासहित ६ जना पत्रकार सम्मानित

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले सौर्यकर्मी नन्दबहादुर रोकायासहित ६ जना पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सौर्यकर्मी रोकाया, नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष तथा नयाँ पत्रीका मुगुका समाचारदाता अच्युतराज भण्डारी, सरोकार टेलिभिजनका मुगु समाचारदाता कबिराज कार्की, गोरखापत्र दैनिक मुगुका समाचारदाता हरिकृष्ण ऐडी र नागरिक पत्रिका डटकम मुगुका समाचारदाता सर्जनकुमार शाही रहेका छन् ।

शुक्रबारबाट सुरु भएको आफ्नो १६औँ नगर (विधेयक) सभामा लामो समयदेखि मुगु जिल्लाको पत्रकारितामा योगदान दिएका क्रियाशिल ६ जना पत्रकारहरुलाई नगरपालिकाले सम्मान गरेको हो । सम्मानित ६ जना पत्रकारहरुलाई नगरप्रमुख बिष्णुकुमार भाम र नगर उपप्रमुख ऐश्वर्य मल्लले सम्मानपत्र प्रदान गरेका थिए ।

सम्मान कार्यक्रमपछि बोल्दै नगरप्रमुख भामले आफू जान्ने बुझ्ने भएदेखि मुगु जिल्लाका आवश्यता, जनगुनासा, विकास, स्वास्थ्य, जनजीवन, धार्मिक, सांस्कृतिक, पर्यटन, खेलकुद, अपराध, शान्तिसुरक्षा, विभेद्, भ्रष्टाचार, सुसासन, लगायतका क्षेत्र सम्मानित पत्रकारहरुले कलम चलाएका समाचार पढ्दै, सुन्दै र हेर्दै आएको बताए । उनले पत्रकारहरु समाज र जनप्रतिनिधिका लागि ऐनाका भएको बताए ।

छायाँनाथ रारा नगरपालिकाको १६औँ नगर सभाको उदघाटन सत्र कर्णाली प्रदेश सरकारका पूर्वउद्योग, पर्यटन तथा वन वातावरण मन्त्री तथा कर्णाली प्रदेश सभा सदस्य जितबहादुर मल्लको प्रमुख आतिथ्य तथा विशिष्ठ अथिति पूर्वशिक्षा राज्य मन्त्री हस्तबहादुर मल्ल र नगरप्रमुख बिष्णुकुमार भामको सभाध्यक्षमा शुक्रबार सम्पन्न भएको थियो ।

प्रतिक्रिया